मकवानपुरे १० जना खेलाडीको दुर्घटना बीमा

हेटौंडा, मकवानपुर जिल्ला खेलकुद विकास समितिले १० जना खेलाडीहरुको ५ लाख रुपैयाँका दरले सामुहिक दुर्घटना बीमा गरेको छ । खेलकुद विकास समिति अन्तर्गतको विभिन्न खेलसँग आबद्ध नाम उल्लेख नभएका खेलाडीहरुको ५ लाख रुपैयाँका दरले सामुहिक दुर्घटना बीमा गरिएको हो ।

ADVERTISEMENT

खेलकुदको दौरानमा हुनसक्ने दुर्घटनालाई ध्यानमा राख्दै खेलाडीहरुको बीमा गरिएको मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीले जानकारी दिए । ‘अहिले पनि खेल्ने क्रममा धेरै खेलाडीहरु घाइते हुने गरेका छन् । घाइतेपश्चात कसले उपचार गर्ने भन्ने अन्यौलता हुने गरेको छ’, उनले भने, ‘यसै अवस्थालाई मध्यनजर गर्दै हामीले खेलाडीहरुको दुर्घटना बीमा गराएकाहौं । यसबाट खेलाडी घाइते भएमा उपचारमा सघाउ पुग्ने विश्वास लिएका छौं ।’

मकवानपुरमा खेलकुदको गतिविधि बढ्दो क्रममा भएपनि खेलाडीको उपचार लगायतका सुरक्षामा भने कसैले ध्यान नदिएको उनले बताए । धेरै खेलाडीहरु घाइते भएपश्चात उपचार खर्च गर्न नसकेर त्यसै बस्नुपर्ने अवस्थामा रहेको उनले सुनाए । यस्तै मकवानपुर जिल्ला खेलकुद विकास समितिले काजकिस्तानको अस्तान शहरमा हुन लागेको एसियन जुनियर तथा युथ बक्सिङ प्रतियोगितामा ५० केजी तौल समूहमा छनौट भएकी मकवानपुरकी एक खेलाडीलाई नगद ८ हजार रुपैयाँसहित सम्मान गरेको छ ।

हेटौंडा १४ निवासी रोश्नी घलानलाई नगद ८ हजार रुपैयाँसहित सम्मान गर्दै प्रतियोगिताको निम्ति शुभकामना दिइएको हो । कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला, बक्सिङका प्रशिक्षक लालबहादुर पौडेल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतको आतिथ्यता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya