परिचय बचतको पन्ध्रौँ वार्षिक साधारणसभा सम्पन्न

हेटौंडा, हेटौंडा–२ मा रहेको परिचय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पन्ध्रौँ वार्षिक साधारणसभा तथा पाचौँ अधिवेशन शनिबार हेटौंडामा भएको छ ।

ADVERTISEMENT

संस्थाका अध्यक्ष दिपक तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका देवकोटाले नीति, विधि र सिद्धान्त अनुरुप सहकारी सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रममा संस्थाका अध्यक्ष तिमल्सिनाले वार्षिक प्रगति प्रतिवेदन, सचिव सुशान्त तिमल्सिनाले सचिवको प्रतिवेदन र आर्थिक प्रतिवेदन कोषाध्यक्ष मोहनप्रसाद घिमिरेले प्रस्तुत गरेका थिए । ४९१ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयर पुँजी ३ करोड १९ लाख ६४ हजार १ सय रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा सहकारीको कुल निक्षेप ९ करोड ९० लाख ८१ हजार रुपैयाँ र कर्जा सापटीतर्फ ९ करोड ३७ लाख ५ हजार १ सय ७६ रुपैयाँ रहेको सहकारीको प्रतिवेदनमा उल्लेख रहेको छ । कार्यक्रममा सभाकै अवसर पारेर विभिन्न विधामा सदस्यहरुलाई सम्मान गरेको छ । उत्कृष्ट परिचय बोनस बचतकर्तातर्फ निर्मला साह बनियाँ, विकास कुमार दास र विशेष मानन्धर, उत्कृष्ट परिचय व्यवसायिक बचतकर्तातर्फ राधब न्यौपाने, बासुदेव सुवेदी, विकेश कुमार केशरी र अनन्तराज न्यौपाने, उत्कृष्ट परिचय आवधिक बचततर्फ अजयकुमार केशरी, स्मारिका केसी, हिराप्रसाद न्यौपाने, विशेष मानन्धरलाई सम्मान गरिएको थियो । त्यस्तै, परिचय नारी बचततर्फ सुनमाया घलान र लक्ष्मीमाया थिङ, परिचय लखपति बचततर्फ शान्ति तिमल्सिना र शर्मिला पुडासैनी, विशेष बाल बचततर्फ केशिका श्रेष्ठ, असल ऋणीतर्फ भने भीमकुमारी फुँयाल, दुर्गाकुमारी लामिछाने, प्रदीप साह, रवीन्द्रप्रसाद घिमिरे, उत्कृष्ट कर्मचारी सम्मानबाट बजार प्रतिनिधि अनिषा थापालाई नगद सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बागमती प्रदेशका रामेश्वर अर्याल, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका सञ्चालक सदस्य हिमाल पौडेल, हाम्रो गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चक्रधर विडारीलगायतको आतिथ्यता रहेको थियो । संस्थाको पाचौँ अधिवेशनबाट नयाँ सञ्चालक समिति चयन हुनेछ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *