हेटौंडामा रे जेड आर–१२५ एफ.आई हाईब्रीड माइलेन्ज च्यालेन्ज

हेटौडा, मकवानपुरको लागि यामाहा मोटरसाइकल तथा स्कुटरका लागि आधिकारिक बिक्रेता राज मोटर्सले रे जेड आर–१२५ एफ.आई हाईब्रीड स्कुटरको माइलेन्ज च्यालेन्ज तथा राइड आउट कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा ३९ जना ग्राहकले सहभागीता जनाएको र्‍याली रानी दरबारस्थित यामाहा शोरुमबाट सुरू भई बुद्धचोक, राप्तीरोड, सीमाचोक, चौकीडोल, संगमचोक, पारिजातपथ, कमाने, हटिया पुगेर पिपलेमा आई समापन भएको थियो ।

कम्पनीले रे जेड आर–१२५ एफ. आई हाइब्रीड स्कुटरको माइलेन्ज ५८ किलोमिटर प्रतिलिटर दाबी गरेकोमा ग्राहकले चलाएरै प्रमाणित गरेका छन् । प्रतियोगितामा अधिकतम माइलेज ७७ किलोमिटर प्रतिलिटर आएको एम. ए. डब्लुका एरिया सेल्स म्यानेजर मणीभुषण चौधरीले बताए ।

प्रतियोगितामा शुसान्त सन्जेल (७७.८४) प्रथम, सुमन पराजुली (७७.४२) द्वितीय, सन्देश श्रेष्ठ (७७.३५) तृतीय भएका थिए । उनीहरुलाई ट्रफीसहित प्रमाणपत्र प्रदान गरी सम्मन गरिएको राज मोटर्सका प्रबन्ध निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button