मनहरीमा वडाध्यक्ष कप सुरु, आयोजकको विजय सुरुवात

हेटौंडा, मकवानपुरको मनहरी गाउँपालिका ३ हाँडीखोला स्थित सिद्धकालीमा सुरु भएको दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा आयोजक जनसिद्ध युवा क्लवले विजय यात्रा सुरु गरेको छ । बिहीबारबाट सुरु भएको उद्घाटन खेलमा जनसिद्धको ए टिमले मोडर्न युवा क्लवलाई २–० गोल अन्तरले हराएको हो ।

ADVERTISEMENT

जनसिद्धका लागि अभिषेक विक र समिन क्षेत्रीले गोल गरेका हुन् । आयोजक टिमका क्षेत्री नै खेलको म्यान अफ द म्याच भए । यही असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १६ वटा क्लवको सहभागिता रहेको छ । मनहरी गाउँपालिका ३ नम्बर वडा कार्यालयको सहयोगमा सञ्चालन भएको प्रतियोगिताको विजेताले एकलाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

नकाउटको आधारमा सञ्चालन भएको खुला प्रतियोगितामा आयोजकसहित मोडर्न युवा क्लव, पदमपोखरी फुटबल एकेडेमी, जन आदर्श युवा क्लव, सूर्योदय युवा क्लव, कोशेली युथ क्लव, एफसी राप्ती चितवन, एफसी लामिटार, मनहरी २ खेलकुद विकास समिति, आरआर वाइसी पाल्दमार, मनहरी इसाइ समाज, बुद्ध एफसी च्यापल, मिलन युवा क्लव र परेली एफसीको सहभागिता रहेको छ ।

ADVERTISEMENT

प्रतियोगिताको बिहीबार मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले उद्घाटन गरेका हुन् । अध्यक्ष कालाखेतीले खेलकुदसहित पालिकाको सर्वाङ्गीण विकासका लागि आफूहरु लागिपरेको धारणा राखे । खेलाडीहरुलाई उनले अनुशासित भएर खेल्न अनुरोध गरे । यसअघि मनहरीको ९ नम्बर वडाले पनि वडा अध्यक्ष कप फुटबल गराइसकेको स्मरण गर्दै उनले खेल क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने बताए ।

आयोजक जनसिद्ध युवा क्लवका अध्यक्ष ईमान लामाको अध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्याल, ९ नम्बर वडा अध्यक्ष राजकुमार श्रेष्ठ, १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनाल, मनहरी ३ नम्बर वडा सदस्य हिराबहादुर प्रजा लगायतले मन्तव्य व्यक्त गरेका थिए । उद्घाटन समारोहमा ए डिभिजन खेलाडी आशिष मोक्तान र ज्येष्ठ नागरिक पूर्णबहादुर स्याङ्तानलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya