कविता प्रतियोगितामा सुनसरीका सुरज प्रथम

हेटौंडा, राष्ट्रिय युवा कविता उत्सवमा आयोजित कविता प्रतियोगितामा सुनसरीका सुरज पराजुली प्रथम हुन सफल भए । बागमती प्रदेश युवा परिषद्को आयोजना तथा साहित्य संगम मकवानपुरको समन्वयमा शनिबार भएको कविता प्रतियोगितामा २० जना कविता छनोट भएकोमा १८ जना कविहरु उपस्थित भएर कविता वाचन गरेका थिए ।

ADVERTISEMENT

प्रतियोगितामा चितवनका अन्जान प्रदीप द्वितीय, रसुवाका एलिशा एकलास तृतीय हुन सफल भए भने तनहुँका भीमप्रसाद खतिवडा ‘अनुराग’ सान्त्वना भए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने कविहरुले क्रमशः ४० हजार, ३० हजार, २० हजार र १० हजारसहित सम्मानपत्र प्राप्त गरेका छन् ।

सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, बाग्लुङका कवि भूपी खड्का र काठमाडौं कवि बिन्दु शर्माले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा कवि विप्लप प्रतिकले १० वटा कविता वाचन गरेका थिए ।

बागमती युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको अध्यक्षता तथा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा कविता उत्सवको उद्घाटन भएको थियो । कार्यक्रममा राष्ट्रिय युवा कविता उत्सव २०८० मा कविता प्रतियोगिता, एकल कविता वाचन, युवा पुस्तामा कविता क्रेज सन्दर्भमा बहस तथा पुस्तक प्रदर्शनी भएको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *