नेपाली कांग्रेसले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने

हेटौंडा, नेपाली कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको बैठक शुक्रबार सम्पन्न भएको छ । बैठक प्रदेश सम्पर्क कार्यालय, ललितपुरमा बसेको हो ।

ADVERTISEMENT

सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको बैठकले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

साथै उक्त बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेस बागमती प्रदेश सभा संसदीय दललाई निर्देशन दिने निर्णयसमेत गरेको जनाइएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले यही साउन ६ गते आइतबार प्रदेश सभामा विश्वासको मत लिँदैछन् ।

नेकपा एमालेबाट मन्त्री बनेका पाँच जनाले सामूहिक रुपमा राजीनामा दिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya