मकवानपुर जिल्ला तेक्वान्दो सघंको तेस्रो बार्षिक साधारण सभा

हेटौंडा, मकवानपुर जिल्ला तेक्वान्दो सघंको तेस्रो वार्षिक साधारण सभा शनिबार हेटौंडामा भएको छ । नेपाल तेक्वान्दो सघंको विधि विधान अनुरुप संघको वार्षिक साधारणसभा आयोजना गरेको संघका अध्यक्ष लालकाजि रत्न बज्राचार्यले जानकारी दिए ।

ADVERTISEMENT

मकवानपुर जिल्ला तेक्वान्दो सघंका अध्यक्ष लालकाजि रत्न बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १० नम्वर वडाध्यक्ष फुर्वादोर्जे लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संघका सचिव ओम लामाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रबिन्द्र डङ्गोलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा राखेप सुचना बिभाग प्रमुख खुशराज दाहाल, निबर्तमान बागमति प्रदेश सदस्य माधब तिमल्सिना, जिल्ला खेल्कुद विकास समितिका निवर्तमान अध्यक्ष भेश खड्गी, १० नम्बर वडा सदस्य ईशोर मैनालीलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *