हेटौंडा, थाहा नगरपालिकाको आयोजना तथा थाहा ५ खेलकुद बिकास समिति फुर्के बसन्तको व्यवस्थापनमा सौगात स्मृति भलिबल प्रतियोगिता हुने भएको हो।
कार्तिक १ गतेबाट फुर्के खेलमैदानमा सुरु हुने प्रतियोगिताको लागि असोज ३० गते सम्म टिम दर्ता गरिसक्नु पर्ने आयोजकले जनाएको छ।
थाहा ५ खेलकुद बिकास समितिको अनुसार प्रथम हुने टिमले नगद ५१ हजार सहित ट्रफी,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन भने दोस्रो हुने टिमले ३० हजार नगद सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन भने तेस्रो हुनेले नगद १५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन।
प्रतियोगितामा भाग लिनको लागि सम्बन्धित वडाकै खेलाडी हुनुपर्ने तथा खेलाडीको फोटो र परिचयपत्र पनि अनिवार्य गरिएको आयोजकले जानकारी दिएको छ।






