हेटौंडा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० कर्रा चोक नजिक क्रेन व्याक गर्ने क्रममा सहचालकलाई ठक्कर दिदाँ उपचारको क्रममा मृत्यु भएको छ ।
प्रदेश २-०३००१ क २०२४ नम्बरको क्रेन ब्याक गर्ने क्रममा वीरगञ्ज महानगरपालिका ३० लालपर्सा बस्ने २८ वर्षिय सोही क्रेनका सहचालक सानबाबु पासवानलाई किच्न पुगेको थियो ।
गम्भिर घाइते भएका पासवानको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताइन् । क्रेन चालक र क्रेन प्रहरी नियन्णमा रहेको छ भने शव हेटौंडा अस्पतालमा राखिएको छ ।







