विद्यार्थीको गुनासो ‘गुणस्तरीय प्याड उपलब्ध गराइदिनुहोस्’


हेटौंडा, ‘हामीलाई विद्यालयमा महिनावारी हुँदा प्याड दिइन्छ तर यसको गुणस्तर राम्रो छैन, बगेको रगत समेत छेक्दैन, कृपया अलि राम्रो खालको स्यानिटरी प्याडको ब्यबस्था गरिदिनहुन वडा अध्यक्ष ज्यूलाई अनुरोध गर्दछु।’ हेटौडा २ स्थित सिद्धार्थ माविमा कक्षा ११ मा पढ्ने करुणा कुमारी चौरासियाले भनिन् ।

ADVERTISEMENT

यस्तै गुनासो करुणाका साथीहरुको पनि छ, सरकारले बिद्यालयमा उपलब्ध गराएको प्याड कम गुणस्तर भएको र अलि राम्रो ‘ब्लड-फ्लो’ थेग्ने खालको प्याड उपलब्ध गराउन किशोरीहरुले माग गरे । हेटौंडा उपमहानगर पालिका वडा नम्बर २ को आयोजनामा सिद्धार्थ माबीको सभाहलमा भएको बालबालिका सङ्ग वडाअध्यक्ष कार्यक्रममा सहभागीहरुले आफ्नो मनमा लागेको प्रश्न, जिज्ञासा, धन्यबाद तथा सुझावहरु राखेका थिए ।

वडा अध्यक्ष बिष्णु गोपाल महर्जनको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु सुरज बर्तौला, इन्द्र प्रसाद रिजाल, मैया परियार, सिद्धार्थ माबिका प्रधानाध्यापक मोहन शर्मा, वडाका स्वास्थ शाखा प्रमुख मन्जु गौतम, सन्चारकर्मी आशिष दुलाल तथा तथा बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु गरि जम्मा ४५ जनाको सहभगिता रहेको थियो ।

बालबालिकाले बिद्यालयमा भएका अभाव, ध्वानी प्रदुषण, १०० मिटर भित्रै सुर्तीजन्य तथा मदिराजन्य पदार्थ बिक्री बितरण भैरहेको बारे ध्यानाकर्षण गराए १ बालबालिकाले शिक्षकहरुले समेत गुटखा खाएर कक्षामा प्रवेश गर्नेगरेको बारे समेत गुनासो राखेका थिए । जवाफमा वडा अध्यक्ष महर्जनले स्यानिटरी प्याडको गुणस्तरका लागि पालिकामा समन्वय गर्ने, प्याड डिस्पोज गर्ने मेसिन ल्याउने तथा अभावका विषयमा सकेसम्म पुरागर्ने प्रतिवद्दता ब्यक्त गरे ।

भर्खरै हामीले बाल समुहका १०० भन्दा धेरै बालबालिका सङ्ग तथा टोलबिकास संस्थाका प्रतिनिधि सङ्ग अन्तर्कृया कार्यक्रम गर्यौ र अब वडाका तीन वटै बिधालयमा बालबालिका सङ्ग वडा अध्यक्ष कार्यक्रम गर्दैछौ, वडा सदस्य सुरज बर्तौलाले बताए ।

Advertisement 5

बालमैत्री स्थानीय शासन घोषणा गर्न सरकारले तोकेका विभिन्न ५१ वटा सुचकहरु पूरा गर्ने उदेश्यका साथ यो कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *