निर्मल, महेन्द्र, वंशगोपाल र बालज्योति क्वाटरफाइनलमा प्रवेश

हेटौंडा, स्व.कृष्णप्रसाद दाहाल स्मृति अण्डर १६ विद्यालय स्तरीय फुटबल प्रतियोगितामा बस्तिपुरको निर्मल माध्यमिक विद्यालय, पदमपोखरीको महेन्द्र माध्यमिक विद्यालय, चौघडाको वंशगोपाल माध्यमिक विद्यालय र पिप्लेको बालज्योति माध्यमिक विद्यालय क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ADVERTISEMENT

मङ्गलबार भएको पहिलो खेलमा निर्मल मावि विजयी भई क्वाटरफाइनलको स्थान सुरक्षित गरेको छ । निर्मलले देवकी मावि फापरबारीलाई सडेन डेथमा ५–४ को गोल अन्तरले पराजित गरेको हो । यसैगरी मङ्गलबार भएको दोस्रो खेलमा महेन्द्र मावि विजयी भएको छ । महेन्द्रले भुटनदेबि माध्यमिक विद्यालयलाई ३–० को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।

मङ्गलबार भएको तेस्रो खेलमा चौघडाको वशगोपाल माध्यमिक विद्यालय विजयी भयो । वंशगोपालले माउन्ट एभरेष्ट विद्यालयलाई ३–० को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्यो । त्यसैगरी मङ्गलबार भएको अन्तिम खेलमा बालज्योति माध्यमिक विद्यालय विजयी भयो । बालज्योतिले सिद्धार्थ शिशु सदन विद्यालयलाई ४–० को गोल अन्तरले पराजित गर्न सफल भयो ।

प्रतियोगितामा मकवानपुर जिल्लाका २९ वटा विद्यालयको सहभागिता जनाएको छ । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुले समेत पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya