परेली, केदारेश्वर र सयपत्री क्वार्टरफाइनलमा

हेटौंडा, जेसीआई चैनपुर प्रस्तावितको आयोजनामा मनहरी गाउँपालिका ३ हाँडीखोलास्थित लामिटारको खेल मैदानमा जारी जेसीज कप फुटबल प्रतियोगितामा एफसी परेली, केदारेश्वर युवा क्लव र सयपत्री युवा क्लव क्वार्टरफाइनल प्रवेश गरेको छ । बिहीबार भएको खेलबाट तीनवटा क्लवले क्वार्टरफाइनलमा स्थान बनाएका हुन् ।

ADVERTISEMENT

बिहान भएको खेलमा परेलीले सक्षम युवा क्लव नेवारपानीलाई ३–२ गोलले हराएको हो । परेलीको तर्फबाट प्रताप भट्टले २ तथा आशिष थिङले १ गोल गर्दा सक्षमको तर्फबाट निर्मल लामाले २ गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच परेलीका प्रताप भट्ट घोषित भए । दिउँसोको खेलमा केदारेश्वर युवा क्लव रजैयाले सूर्यकिरण युवा क्लव मनहरी ५ लाई ३–० ले हराएको हो । रजैयाको तर्फबाट दीपक कार्की, निरन्जन अधिकारी र विश्वास ब्लोनले गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच रजैयाका विश्वास ब्लोन घोषित भए ।

बिहीबारको अन्तिम खेलमा सयपत्री युवा क्लव सुनाचुरीले कालिका एफसी राक्सिराङलाई २–० ले हराएको हो । सुनाचुरीका लागि बिराज बल र सुदिप घलानले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सयपत्रीका रबिन मोक्तान घोषित भए । जारी प्रतियोगितामा शुक्रबार आयोजक जेसीआई चैनपुरले जनसिद्ध युवा क्लवसँग खेल्नेछ भने दोस्रो खेलमा एफसी लामिटारले हाँडीखोला एफसीसँग खेल्नेछ । कात्तिक १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मकवानपुरका १६ टिमको सहभागिता रहेको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya