कामधेनु सहकारीले दैनिक एक सय वटा खादा र झोला बनाउँदै

हेटौंडा/हेटौंडा- ६ मा रहेको कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाले दैनिक एक सय वटा खादा र कपडाको झोला बनाउन सुरु गरेको छ । स्थानीय क्षेत्रमा रहेका महिलालाई रोजगार दिने उद्देश्यले सहकारीले खादा र झोला बनाउन सुरु गरेको व्यवस्थापक भीमसेन पौडेलले जानकारी दिए ।

ADVERTISEMENT

सहकारीले बनाएको खादा

‘हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा सिलाई मेसिन ५ वटा ल्याई अहिले दैनिक १०० वटा खादा र कपडाको झोला बनाउने गरिन्छ । ३ जना महिलालाई ३ महिने तालिम दिई उनीहरुले नै खादा र कपडाको झोला बनाउने काम गरिरहेका छन् ।’ व्यवस्थापक पौडेलले भने –‘बनाउन सुरु भएको ३ महिनामा ५ हजार खादा बनाई ३ हजार विक्रि भइसकेको छ ।’ खादाको लागि हेटौंडाको होल्सेल पसलबाट कपडा खरिद गरिन्छ भने झोलाको लागि काठमाडौंबाट सामान खरिद गरी सहकारीले प्रति खादा ५० रुपैयाँ र प्रति झोला ७६ रुपैयाँमा विक्री गरिरहेको छ ।

सहकारीलाई प्रति झोला र प्रति खादाबाट नगद १० रुपैयाँ फाइदा हुने उनले बताए । सहकारीमा काम गर्ने महिलाले प्रति खादा १० रुपैयाँ र प्रति झोलाबाट १२ रुपैयाँ रकम बुझिलिन्छन् । सहकारीले बनाएको खादा र कपडाको झोला स्थानीय संघसंस्था र पसलले लिने गरेको उनले बताए । ६३० शेयर सदस्य आवद्ध रहेको सहकारीको कुल पूँजी २ कराेड ५० लाख र शेयर पूजी ३२ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *