उपाधीको लागि थाहा नगरपालिका वडा नम्बर १ र ३ भिड्ने

थाहानगर, थाहा नगरपालिका वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधिको लागि वडा नम्बर १ र ३ भिड्ने भएका छन् ।
खेलकुद बिकास समिति थाहा ९ चितलाङका अध्यक्ष अमर सिंह ठकुरीका अनुसार शुक्रबार वडा नम्बर ३ र ७ बिच भएको सेमिफाइनल चरणको पहिलो खेलमा वडा नम्बर ३ बिजयी भएको छ ।

ADVERTISEMENT

निर्धारित समयमा गोल रहित बराबरी भएपछि ट्राईबेकरमा ४–३ गोल अन्तरले वडा नम्बर ३ फाईनल प्रबेश गरेको हो ।यस खेलको म्यान अफ द म्याच वडा नम्बर ३ का गोलकिपर देब बहादुर पाख्रीन भएका थिए ।

त्यस्तै सेमिफाइनल चरणको दोस्रो खेलमा वडा नम्बर १ बिजयी भएको छ । वडा नम्बर १ र ११ बिच भएको खेलमा निर्धारित समयमा गोल रहित बराबरी भएपछि ट्राईबेकरमा ७–६ गोल अन्तरले वडा नम्बर १ फाईनल प्रबेश गरेको हो । यस खेलको म्यान अफ द म्याच वडा नम्बर १ का गोलकिपर प्रचण्ड गोपाली भएका थिए ।

थाहा नगर खेलकुद विकास समितिको आयोजना तथा वडा नम्बर ९ खेलकुद विकास समितिको व्यवस्थापनमा बुधबारदेखि सुरु भएको थाहा नगरपालिका वडास्तरीय फुटबल प्रतियोगितामा शनिबार दिउँसो वडा नम्बर १ र ३ बिच फाईनल खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा बिजेता टिमले नगद १ लाख र उपबिजेता टिमले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनुका साथै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफी र पुरस्कारको व्यवस्था भएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya