थाहामा एकिकृत पाठ्यक्रम सम्बन्धी कार्यशाला सुरु

थाहा, थाहा नगरपालिकामा एकीकृत पाठ्यक्रम सम्बन्धी पाँचदिने कार्यशाला सुरु गरिएको छ । थाहा नगरपालिकाको शिक्षा तथा युवा खेलकुद शाखाको आयोजनामा सुरु भएको कार्यशालामा अहिले परिवर्तन भएको पाठ्यक्रमका बारेमा छलफल हुने छ।

ADVERTISEMENT

आधारभुत तह कक्षा १-३ मा अध्यापनरत शिक्षकहरुको लागि ५ दिन सम्म चल्ने कार्याशालामाको सुरुवात गर्दै शिक्षा शाखाका प्रमुख माधव बिक्रम मल्लले पाठ्यक्रम सम्बन्धी जानकारी लिन निकै जरुरी भएको बताए । उनले एकीकृत पाठ्यक्रमका बारेमा सबै प्रष्ट हुनुपर्ने बताउँदै परिवर्तित पाठ्यक्रमका बारेमा यो महत्वपूर्ण कार्यशाला रहेको बताए ।

कार्यशालाको प्रत्यक दिन बिषयगत प्रशिक्षकहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको शिक्षा शाखाका अधिकृत सुर्य थिङले जानकारी दिए।

ADVERTISEMENT

कार्यशालामा नगरभित्रका ६० जना बिषयगत शिक्षकहरुको सहभागिता रहेको छ।
कार्यशाला बैशाख १० गतेसम्म पालुङ क्याम्पसको सभाहलमा संचालन हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *