डिजिटल ‘स्लाइड शो’ प्रस्तुतीमा नवोदय शिशु सदन प्रथम

हेटौंडा, नगर स्तरीय युवा सञ्जाल हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको वातावरण सम्बन्धि स्थानीय समस्याहरूको कारण, असर र नियन्त्रण शीर्षकमा छलफल तथा गोष्ठी कार्यक्रम बुधबार हेटौंडामा भएको छ ।

ADVERTISEMENT

उक्त छलफल तथा गोष्ठी कार्यक्रममा डिजिटल स्लाइड शो मार्फत प्रस्तुती दिइएको नवोदय शिशु सदन विद्यालय उत्कृष्ट घोषित भएको छ । नवोदय विद्यालयबाट प्रस्तुती दिनेमा वृष्टि जयस्वाल, शितिस्मा उप्रेती, सुविज्ञा शर्मा र विज्ञान पकुवाल रहेका थिए । हेटौंडा उपमहानगरपालिकामा रहेका ६ वटा विद्यालयले सहभागिता जनाएको कार्यक्रममा कमाने एकेडेमी विद्यालय द्वितीय र भुटनदेवी माध्यमिक विद्यालय तृतीय हुन सफल भएको नगर स्तरीय युवा सञ्जाल हेटौंडाका अध्यक्ष दिपेश मिश्रले जानकारी दिए ।

नगर स्तरीय युवा सञ्जाल हेटौंडाका अध्यक्ष दिपेश मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरी दाहाल, हेटौंडा क्याम्पसका प्रमुख देवीराम लामा, हेटौंडा क्याम्पसका स्ववीयू सभापति अभि मैनालीलगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya