हेटौंडा, हेटौंडा अटोमोवाइल्स एशोसियसनको २४ औँ वार्षिक साधारणसभा शनिबार हेटौंडामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ऋषि ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नाडा अटो मोवाइल्स एशोसिएसन अफ नेपालका केन्द्रीय अध्यक्ष करणकुमार चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष ऋषि ढकालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष श्यामप्रसाद कडेँलले आर्थिक प्रतिवेदन र महासचिव दिपेन्द्र उप्रेतीले महासचिव प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विगत ५२ वर्षदेखि अटोमोवाइल्समा आबद्ध प्रभुप्रसाद गुप्ता र ओमप्रसाद गुप्तालाई पुरानो सदस्यको रुपमा सम्मान गरेको थियो भने तीन जना ट्राफिकलाई पनि सम्मान गरेको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्वर वडाध्यक्ष जुना दहाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार अग्रवाल, नाडा अटो मोवाइल्स एशोसियसनका महासचिव सुरेन्द्रकुमार उप्रेती, पूर्वाञ्चल प्रदेश संयोजक सञ्जय श्रेष्ठ, जानकी अटोमोवाइल्स एशोसियसन जनकपुरका अध्यक्ष केदार अग्रवाल, चितवन अटोमोवाइल्स एशोसियसनका अध्यक्ष फुलबहादुर क्षेत्री, साधारणसभा तयारी संयोजक धर्मराज घिमाललगायतको आतिथ्यता रहेको थियो ।







