‘विचार यात्रा’ स्मारिका प्रकाशन

हेटौंडा, नेपाल प्रेस युनियन मकवानपुरले ‘विचार यात्रा’ स्मारिका प्रकाशन गरेको छ । दसैं, तिहार, छठलगायतका पर्वको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान तथा तथा चियापान कार्यक्रमकाबीच स्मारिकाकोसमेत विमोचन गरिएको हो ।

ADVERTISEMENT

नेपाल प्रेस युनियन मकवानपुरका अध्याक्ष सुवास विडारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति वुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका पूर्व कार्यबाहक सभापति विष्णु लामिछाने, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणि दाहाल, हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नम्वर १ का वडाध्यक्ष सविन न्यौपाने , नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रेस युनियनका सदस्यसहित अन्य पत्रकारआवद्ध संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *