‘योजना कार्यान्वयनमा ढिलाई नहोस्’

हेटौंडा/बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले योजना कार्यान्वयनमा ढिलाई नगर्न मातहतका कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । चालु आर्थिक वर्षमा छुट्याइएको योजना कार्यान्वयनमा ढिलाई नगर्न उनले निर्देशन दिएका हुन् ।

ADVERTISEMENT

सोमबार प्रदेशभित्रका पूर्वाधार विकास कार्यालय र सहरी विकास तथा भवन कार्यालयका प्रमुखहरुबीच मन्त्रालयमा भएको कार्यक्रम कार्यान्वयन बारेको छलफलमा राज्यमन्त्री चेपाङले डीपीआर गर्नुपर्ने योजनाहरुको डीपीआर सुरु गरी चाँडै ठेक्का लगाउन निर्देशन दिएका छन् । योजना कार्यान्वयन गर्न कुनै कानूनी वा नीतिगत समस्या भए पहिचान गरी यथाशिघ्र मन्त्रालयलाई जानकारी गराउन अनुरोध गर्दै उनले नभए चाँडै योजना कार्यान्वयनतर्फ लाग्न अनुरोध गरे ।

बहुवर्षीय ठेक्का लागेर काम भइरहेका सडक, भवन तथा पुलका योजनाहरु चाँडै सम्पन्न गर्न सम्बन्धित कार्यालयमा दवाव दिनुपर्ने उनको भनाई थियो । यसअघि डीपीआर भएर बसेका योजनाहरुमा आवश्यक बजेट विनियोजन गरिएको भन्दै राज्यमन्त्री चेपाङले कुनै योजनामा बजेट विनियोजन गर्न छुटेको भए संशोधन गरी बजेट प्रदान गरिने प्रतिवद्धता पनि जनाए । कार्यालयहरुमा कर्मचारीको अभाव भएको गुनासो आएको भन्दै उनले सबै कार्यालयहरुमा स्थायी कर्मचारी थप गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी दिए ।

विगतमा कार्यालयका कर्मचारीको मनमुटाव तथा सल्लाह र समन्वय नहुँदा पनि योजना कार्यान्वयनमा असर परेको स्मरण गर्दै त्यस्तो अवस्थाको अन्त्य गर्न राज्यमन्त्री प्रजाले सचेत गराएका छन् । छलफलमा मन्त्रालयका सचिव शंकरप्रसाद पण्डितले कार्यक्रमहरु कार्यान्वयनमा कुनै समस्या भए प्रष्ट रुपमा राख्न कार्यालय प्रमुखहरुलाई आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya