‘गजल यात्रा–४’ प्रकाशित

हेटौँडा, गजलहरुको सँगालो गजल यात्रा प्रकाशन भएको छ । गजल मञ्च मकवानपुरले प्रकाशन गरेको गजल यात्राको चौथो संस्करणको शुक्रबार हेटौँडामा विमोचन गरिएको हो ।

ADVERTISEMENT

गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पण, हेटौँडा–४ नम्बर वडाका अध्यक्ष नविन सिग्देललगायतले संयुक्त रुपमा गजल यात्रा–४ को विमोचन गरेका थिए । गजल यात्राको नयाँ शृङ्खलामा मकवानपुरसहित अन्य जिल्लाका गजलकारहरुको ५७ वटा गजल समेटिएको छ । संस्थागत गतिविधिको दस्ताबेजीकरण गर्ने तथा नेपाली गजल क्षेत्रको उन्नयनका लागि गजल मञ्चले गजलहरुको सँगालो प्रकाशन गर्दै आएको छ ।

पूर्वअध्यक्ष दीपक गौतम नेतृत्वमा २०६६ र २०६८ मा गजल यात्रा–१ र २ प्रकाशन भएको थियो भने २०७८ मा देवराज तिवारी नेतृत्वको कार्यसमितिले गजल यात्रा ३ प्रकाशन गरिसकेको छ । २०६१ सालमा स्थापित गजल मञ्च मकवानपुरलेस्थापनायता नियमित रुपमा हरेक महिनाको पहिलो शनिबार नियमित गजल यात्राको आयोजना गर्दै आइएको छ । हालसम्म गजल यात्राको २०७ वटा शृङ्खला सम्पन्न भइसकेका छन् ।

ADVERTISEMENT

गजल यात्रा–४ मा नेपाली गजलकारहरुका गजलका साथै मकवानपुरको गजल इतिहासलाईसमेत समेटिएको मञ्चका अध्यक्ष केशव समर्पणले जानकारी दिए । गजल यात्रा–४ ले मकवानपुरे गजल इतिहासमा अर्को एउटा इट्टा थपिने उनले विश्वास व्यक्त गरे । गजल मञ्चले पछिल्लो समय गजलमा नयाँ पुस्ता तयार गर्नका लागि विद्यालयहरुमा नवसर्जक केन्द्रित शृङ्खलाहरु पनि सञ्चालन गरिरहेको छ ।(स्रोतः गोरखापत्र)

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya