बकैयामा मिनी ट्रक पल्टिदा सह-चालक गम्भीर घाइते

हेटौंडा, बकैयामा मिनी ट्रक पल्टिदा सह-चालक गम्भीर घाइते भएका छन्। धरान चतरा सडक खण्डमा मकवानपुर बकैया-५ तिनतले स्थित धरान चतरा सडक खण्डमा हेटौडा बजार तर्फ बाट फापरबारी तर्फ जादै गरेको बागमती प्रदेश ०३-००१क ०७९२ नम्बरको पानी बोकेको मिनीट्रक आफै अनियन्त्रित भई सडकबाट पल्टिदा सह(चालक गम्भीर घाइते भएका छन् भने एकजना सामान्य घाइते भएका छन्।

ADVERTISEMENT

दुर्घटनामा सह चालक बकैया-६ गबरस्थान बस्ने २८ वर्षका दिनेश लामा गम्भीर घाइते र ट्रकमा सवार बकैया गा.पा. ७ बस्ने २६ वर्षका युबराज सापकोटा घाइते भएका छन्।

गम्भीर घाइते सह(चालकको थप उपचारको लागि भरतपुर पठाइएको र सापकोटाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *