थाहा नगरपालिकामा १५ दिने कफि मेकर तालिम सम्पन्न

हेटौंडा, युवा लक्षित सीप विकास तालिम अन्तर्गत थाहा नगरपालिका द्वारा सञ्चालन गरेको १५ दिने बरिस्ता ९कफी० तालिम कार्यक्रम शनिबार सम्पन्न भएको छ । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले सिकेको सिपलाई व्यवहारमा उतारेर उद्ममी बनि आत्मनिर्भर बन्न सहभागीलाई आग्रह गरे ।

ADVERTISEMENT

उनले प्रमाणपत्र सिरानीमुनी नराखी सीप सिकेकाहरुले नगरपालिका क्षेत्र भित्र व्यवसाय गरेमा थप सहयोगका लागि थाहा नगरपालिकाले कार्यक्रम तय गर्ने बचन दिएका छन् । कार्यक्रममा सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछानेले सहभागिहरुले व्यवसायमा सक्रियता बढाएमा थप प्रशिक्षण आयोजना गरि सिप परिक्षण गराउनसमेत सहयोग गर्ने उद्घोष गरेका छन् । थाहा नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्रमान प्रधानले युवापुस्तामा बढ्दै गएको बेरोजगारी समस्यालाई ध्यानमा राखेर थाहा नगरपालिका द्वारा गरिएको कफि मेकर तालिम अर्थपूर्ण रहेको बताए।

कार्यक्रममा सहभागी हरुले तालिम अबधी कम भएको गुनासो गर्दै कम समयमा पनि धेरै कुरा सिक्न पाएकोमा प्रशिक्षक र आयोजकलाई धन्यवाद दिएका थिए। कार्यक्रममा तालिम अबधीभर उत्कृष्ट तालिमलिने ४ जना परिक्षार्थीहरु सुजन लामा,अमद तामाङ,अमिना स्याङ्तान र समिना माया तामाङलाई उत्कृष्ट प्रशिक्षार्थीको रुपमा सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो। थाहा नगरपालिका सामाजिक बिकास समिती सदस्य पवित्रा सिंह ठकुरीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा आर्थिक बिकास समिती संयोजक हिरेन्द्र कुमार रायमाझी लगायतका उपस्तिथि रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *