स्थापना दिवसमा रक्तदान कार्यक्रम

हेटौंडा, १५ भदौ/हेटौंडा-११ मा रहेको नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम भएको छ ।

ADVERTISEMENT

बुधबार भएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेको संस्थाका लेखापाल युवराज ढकालले जानकारी दिए । सहकारीले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । संस्थाका अध्यक्ष फुलमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी शिक्षा उपसमिति संयोजक खेमराज सापकोटाको व्यवस्थापनमा कार्यक्रम भएको हो ।

१ हजार ८ सय ६५ शेयर सदस्य आवद्ध रहेको सहकारीको शेयर पूँजी ३ करोड ९७ लाख रुपैयाँ रहेको ढकालले बताए ।कार्यक्रममा सहकारीका म्यानेजर नन्दलाल श्रेष्ठ, सचिव गोविन्द पुडासैनीलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya