भोलिबाट थाहानगरमा विनयबाबु बस्नेत स्मृति भलिबल प्रतियोगिता

हेटौंडा, उत्तरी मकवानपुरमा भोलिबाट विनयबाबु बस्नेत स्मृति जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता शुरु हुँदैछ । थाहा नगरपालिका वडा नम्वर २ मा हुने प्रतियोगितामा १७ वटा टिमले सहभागीता जनाएको प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए । शनिबार हुने उद्घाटन खेलमा आयोजक विरुद्ध चम्पाकेश्वरी भिड्ने छन् ।

ADVERTISEMENT

कार्तिक २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेलाई नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, द्वितीयलाई २८ हजार ८ सय ८८ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट पाँच विधा अन्तर्गत उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट ब्लकरलाई नगदसहित मेडल प्रदान गरिने छ ।

प्रतियोगिताको हरेक खेलमा म्यान अफ द म्याच प्रदान गरिने छ । विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानले आयोजना गरेको यो प्रतियोगिता छैठौँ हो । प्रतियोगिताको चौथो र पाचौँ संस्करणको उपाधी मकवानपुरगढी गाउँपालिकाले जितेको थियो । लगातार दुई वर्ष उपाधी चुमेको मकवानपुरगढीले यस वर्ष पनि उपाधी चुमेमा गढीले रनिङ शिल्ड पचाउने छ ।

ADVERTISEMENT

प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *