अडानको स्थापना दिवसमा अनाथ बालबालिकालाई सहयोग

हेटौंडा/स्वतन्त्र लेखापरीक्षकहरुका छाता संगठन अडिटर एसोसियसनको १७ स्थापना दिवसको अवसरमा हेटौंडा १३ मयुरधापस्थित अनाथ अपाङ्ग बालबालिका पुनस्थापना केन्द्रलाई खाद्यान्न सहयोग गरिएको छ । अडानका वागमती प्रदेश अध्यक्ष रामकुमार बर्तौलाको सभाध्यक्षता तथा अडानका केन्द्रीय सदस्य प्रकाश ढकालको प्रमुख आतिथ्यतामा भएको थियो । केन्द्रमा दाल, चामललगायत खाद्यान्न अभाव भएको जानकारी प्राप्त भएपछि सहयोग गरिएको बताइएको छ ।

ADVERTISEMENT

केन्द्रका अध्यक्ष तथा संरक्षक रामहरि कोइरालाले केन्द्रमा १६ जना अनाथ अपाङ्ग बालबालिकाले आश्रय लिइरहेको र बिभिन्न ब्यक्तिको सहयोगमा केन्द्र संचालन भएको जानकारी दिए । नेपाल सरकारको तर्फबाट खासै सहयोग नभएको उनले बताए । केन्द्रको निरन्तरताका लागि बाख्रापालन, टनेलमा तरकारी खेती गरिएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्बअध्यक्ष भानुभक्त आचार्य, अडानका प्रदेश सचिव तेजप्रसाद रुपाखेती, जिल्ला उपाध्यक्ष रामकृष्ण देवकोटा, जिल्ला सचिव भगवान ढकाललगायतले अडानले सामाजिक उत्तरदायित्व पूरा गर्न यसप्रकारका कार्य गर्दै आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *