हेटौंडा, मकवानपुरमा बाधको आक्रमणबाट एकको मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा खर काट्न गएका करिब ४३ वर्षीय हरि पौडेलको आक्रमणमा परि मृत्यु भएको हो । पौडेल चितवन जिल्ला राप्ती नगरपालिका( १ दुवीचौर निवासी हुनुहुन्छ ।
शुक्रबार बिहान करिब सवा १० बजेको समयमा मकवानपुरको मनहरी गाउँपलिका– ६ खयर घारी गाउँबाट करिब २ किलोमिटर दक्षिण तर्फ रहेको राप्ती र लोथर खोलाको मध्यवर्ति क्षेत्र अन्तरगत दोभानमा खर काट्न आएका पौडेललाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बाघको आक्रमणबाट पौडेलको मृत्यु भएको खबर पाएपछि अनुसन्धान तथा मुचुल्काको लागि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र मनहरीका विभिन्न स्थानहरुमा जंगली जनावरहरुले आक्रमण हुने र बाली नालीमा समेत क्षती पु¥याउँदै आइरहेको छ ।







