नवोदयले जित्यो ५ ए साइड शिक्षक फुटबल प्रतियोगिताको उपाधी

हेटौँडा, ५ ए साइड शिक्षक फुटबल प्रतियोगिताको उपाधी नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले जितेको छ । शनिबार भएको फाइनल खेलमा ब्रम्हदिक एकेडेमीलाई १७–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै नवोदयले उपाधि हात पारेको हो ।

ADVERTISEMENT

नवोदयका लागि माधव भूर्तेलले ४ गोल गरेका थिए । यसैगरी नवोदयका सुनिल मल्ल, किशोर श्रेष्ठ र बिजेन लामाले ह्याट्रिक पूरा गरेका थिए भने किसव दासले २ गोल, अजय बजगाई र कविर गौतमले १–१ गोल गरेका थिए । ब्रम्हदिक एकेडेमीका सन्देश तामाङले एक मात्र सान्त्वना गोल गरेका थिए ।

प्रतियोगिताभरी १३ गोल गरेका नवोदयका माधव भुर्तेल ‘टप स्कोरर’ घोषित भए भने ब्रम्हदिकका अनुज कार्की उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा बिजयी भएका टिमलाई फाल्गुन ७ गते एक कार्यक्रमकाबीच पुरस्कार वितरण गरिने छ ।

प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा हेटौँडा उपमहानगरपालिका ४ नम्वर वडामा रहेका ४ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *