कैलाशलाई सरसफाई सामाग्री सहयोग

हेटौंडा, मकवानपुरको कैलाश गाउँपालिकालाई सरसफाई तथा स्वच्छता सामाग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको बाल विकास कार्यक्रम नेपालले गाउँपालिकालाई सामाग्री हस्तान्तरण गरेको हो ।

ADVERTISEMENT

विहीबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानलाई संस्थाका कार्यक्रम संयोजक दिलबहादुर गोलले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । सामग्री प्राप्त सँगै गाउँपालिका अध्यक्ष मुक्तानले धन्यवाद व्यक्त गर्दै उक्त सामाग्री वडातहमा रहेका वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयहरुमा पठाईने प्रतिवद्धता व्यक्त गरेका छन् ।

संस्थाले ट्वाईलेट सफा गर्ने ब्रस ८५ थान, हार्पिक ९५ लिटर० ३० ग्यालिन, फिनेल ९५लिटर० ३१ ग्यालिन, ट्वाईलेटमा प्रयोग हुने कपुर ३९ किलो, डस्टविन सानो एक सय थान, डस्टविन सय लिटरको १० थान, डस्टविन ८० लिटरको १० थान, डस्टविन ७० लिटरको २२ थान प्रदान गरेको संस्थाका कार्यक्रम संयोजक गोलेले बताए ।

हस्तान्तरण कार्यमा अध्यक्ष लोकबहादुर मुक्तान, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कंडेल, प्रशासन प्रमुख रामचन्द्र शिवाकोटी, जिन्सी शाखा प्रमुख लक्ष्मण खतिवडा, स्वास्थ्य शाखाका अहेव नागेन्द्र कुमार यादव, संस्थाका कार्यक्रम संयोजक दिलबहादुर गोलेलगायतको उपस्थिती रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *