च्यालेन्ज कप प्रतियोगिता : ४ टोली सेमिफाइनल प्रवेश

हेटौंडा, एफसी मुण्डियालको आयोजनामा हेटौंडामा जारी २१ वर्ष मुनीको फुटबल प्रतियोगिताको सेमिफाइनल संस्करण पूरा भएको छ । रियल स्टार क्लव र हेटौंडा फुटबल एकेडेमीबीचको अन्तिम क्वार्टरफाइनल खेल सकिएसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो । आइतबारको खेलमा हेटौंडा फुटबल एकेडेमीलाई सडनडेथमा स्तब्ध पार्दै रियल स्टारले अन्तिम ४ मा स्थान बनाएको छ ।

ADVERTISEMENT

निर्धारित समय र टाइब्रेकर समेत बराबरी भएपछि सडनडेथ मार्फत निर्णय लिइएको हो । सडनडेथमा रियल ५–४ ले विजयी भयो । निर्धारित समयमा दुवै टिमले पाएको केही मौकालाई गोलमा परिणत गर्न नसक्दा खेल गोलरहित बराबरी भएको थियो । खेलको म्यान अफ द म्याच रियल स्टारका गोलरक्षक आयुष गोले घोषित भए । उनले नगद दुईहजार पाँचसय रुपैयाँसहित ट्रफी प्राप्त गरे । प्रतियोगितामा सोमबार सेमिफाइनल खेल हुनेछ ।

पहिलो खेल नवजनजागृति युवा क्लव र रियल स्टार क्लवको बीचमा हुनेछ भने दोस्रो खेलमा सहीद स्मृति क्लव बागमती गाउँपालिका र एन्फा मकवानपुर भिड्नेछन् । फाइनल खेल बुधबार हुनेछ ।

१४ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले एकलाख ११ हजार ११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले समेत नगद र ट्रफी प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya