बैशाख १३ गते हेटौँडामा वाइसीएल मकवानपुरको जिल्ला सम्मेलन

हेटौँडा, नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योड्ड कम्युनिष्ट लिग (वाईसियल) नेपाल मकवानपुरको पाँचौ जिल्ला सम्मेलन आगामी बैशाख १३ गते हेटौंडामा हुने भएको छ ।

ADVERTISEMENT

हेटौंडाको पल्पसा सदनमा हुने सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र) को केन्द्रीय उपाध्यक्ष नन्द किशोर पुन ‘पासाङ’ले गर्ने वाईसियल नेपाल मकवानपुरका अध्यक्ष लबराज ठकुरीले बताए ।

उद्घाटनका लागि नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवम् वाईसियल नेपालका फ्रयाक्सन ईञ्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ लगायतको आतिथ्यता रहनेछ ।

जिल्ला सम्मेलनको तयारी तिब्र भईरहेको र प्रतिनिधि चयनको क्रममा रहेको वाईसियल मकवानपुर अध्यक्ष ठकुरीले बताए ।
सम्मेलनमा ३ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने वाईसियल नेपाल मकवानपुरले जनाएको छ ।
सममेलनले आगामी कार्यकालको लागि ११ जना पदाधिकारी सहित ७१ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्नेछ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *