सुमिना भोम्जनलाई नगद ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान

हेटौंडा, हेटौंडा १ मा रहेको अमर माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा सुमिना भोम्जनलाई नगद ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरेको छ ।

ADVERTISEMENT

महालक्ष्मी विकास बैंक लिमिटेडका संस्थापक अशोक श्रेष्ठको स्मृतिमा स्थापना भएको स्व. अशोक श्रेष्ठ महालक्ष्मी मेरिट छात्रवृत्ति भोम्जनलाई प्रदान गरेको हो । महालक्ष्मी विकास बैंक लि. हेटौंडा शाखाद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत गरिब तथा जेहेन्दार छात्रा भोम्जनलाई छात्रवृत्ति प्रदान गरेको विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीले जानकारी दिइन् ।

कार्यक्रममा हेटौँडा–१ का वडाध्यक्ष सविन न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गौतमलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya