उपमेयर भलिबल प्रतियोगितामा पुरुषमा १७, महिलामा ९ विजयी

हेटौंडा, केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान, मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगरपालिका भलिबल संघको संयुक्त आयोजनामा भएको छैठौँ संस्करणको उपमेयर भलिबल प्रतियोगितामा पुरुषतर्फ वडा नम्वर १७ र महिलातर्फ ९ नम्वर वडाले जित्न सफल भएको छ । शनिबार भएको फाइनल खेलमा खेलमा पुरुषतर्फ हेटौंडा १७ ले ११ लाई हराउँदै उपाधि जितेको हो । यस्तै महिलातर्फ ९ ले १२ लाई हराउँदै प्रतियोगिताको विजेता भएको हो ।

ADVERTISEMENT

१७ ले ११ लाई १७–२५, २५–२२, २५–२३, १७–२५ र १५–७ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । सेमिफाइनलमा १७ ले ५ लाई र ११ र १९ नम्बर वडालाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो । खेलमा १७ नम्बरका विवेक माझी उत्कृष्ट खेलाडी हुँदा, उत्कृष्ट स्पाइकर ११ का निश्चल राना, लिफ्टर १७ का कुमार श्रेष्ठ, डिफेण्डर ११ का निरन सापकोटा, उदयीमान खेलाडी १६ का विवश तिमल्सिना र उत्कृष्ट प्रशिक्षक १७ का कमल बिडारी घोषित भए ।

९ ले १२ लाई १७–२५, २५–१६, २५–२३ र २६–२४ को सेटमा हराएको हो । सेमिफाइनलमा ९ ले १४ लाई र १२ ले १७ नम्बर वडालाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो । महिलातर्फको उत्कृष्ट खेलाडी ९ नम्बर वडाका आयुषा सिंह, उत्कृष्ट स्पाइकर १२ की चमेली योञ्जन, लिफ्टर १२ की प्रशंसा भोम्जन, उदयीमान खेलाडी १२ का प्रतिक्षा माझी र १९ को सिम्रन स्याङ्बो तथा प्रशिक्षक प्रशिक्षक ९ नम्बर वडाका रवि बस्नेत घोषित भए ।

महिला र पुरुष दुवै विधाका प्रथम भएको वडाले ५० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता वडाले ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । सेमिफाइनलमा पुगेका वडाले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । विजेता तथा उत्कृष्ट खेलाडीहरुलाई केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताप बिष्टसहित कार्यक्रममा सहभागी वडा अध्यक्षहरुले पुरस्कार वितरण
गरेका हुन् । गत वर्ष भएको उपमेयर कपको उपाधि महिलातर्फ १९ नम्बर वडा र पुरुषतर्फ ११ नम्बर वडाले जितेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *