आइतबारबाट हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम

हेटौंडा, १७ भदौ/हेटौंडा जेसीजले विविध १५ वटा कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाउने भएको छ । आइतबारबाट एक हप्तासम्म विविध कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाउन लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

ADVERTISEMENT

१९ गते आइतबार लागूऔषध विरुद्ध सचेना कार्यक्रम र सीप विकास तालिमको आयोजना हुनेछ भने २० गते रक्तदान र हेटौंडा अस्पतालमा फलफूल वितरण, विस्तारै मोटरसाइकल चलाउने प्रतियोगिता रहेको छ । २१ गते जेसीज र बैंकर्सबीच मैत्रीपूर्ण फुटसल, सरसफाई र खुला पौडी प्रतियोगिता, २२ गते वृक्षरोपण र अन्तर जेसीज वक्तृत्वकला, २३ गते अम्विकादेवी स्मृति हाजिरीजवाफ, २४ गते स्वागत बोर्ड राख्ने र शैक्षिक सामग्री वितरण कार्यक्रम, २५ गते ट्राफिक सचेतना, जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको हेटौंडा जेसीजका अध्यक्ष पवन कंशाकारले जानकारी दिए ।

प्रतियोगितात्मक कार्यक्रममा नगद सहित पुरस्कारको व्यवस्था रहेकोछ । जेसीज सप्ताह मुल कार्यक्रम संयोजक शिवकुमार श्रेष्ठ तथा सहमुल कार्यक्रम संयोजक महेश अधिकारी रहेका छन् । सबै क्षेत्रलाई समेटेर एक हप्तामा १५ वटा कार्यक्रमको आयोजना गर्न लागिएको हेटौंडा जेसीजका महासचिव विकेशलाल श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *