करातेमा मकवानपुरलाई ५ कास्य र एक रजत पदक

हेटौंडा, १४ औँ प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको करातेमा मकवानपुर जिल्लाले ५ कास्य र १ रजत गरी ६ पदक प्राप्त गरेको छ ।

चितवनको भरतपुुर नगरपालिका वडा–१० को कर्भड हलमा भएको प्रतियोगितामा सहभागी भएका १२ मकवानपुरका खेलाडीहरु मध्य ५ जनाले कास्य र एक जनाले रजत पदक प्राप्त गर्न सफल भएको टिम कोच तथा अइएसएफ मान्यता प्राप्त रोसिक श्रेष्ठले जानकारी दिए ।

मकवानपुुरको प्रतिनिधित्व गर्ने ५२ केजी तौल समुहबाट राज भोलनले रजत पदक प्राप्त गरेका छन् । ५७ केजीबाट सोमराज पाख्रिन, ४२ केजी तौल समुहबाट करुन गमाल, ६२ केजीबाट एस नेपाल, ६२ केजीबाट सुशीला श्रेष्ठ र रुसना गोङ्बाले कास्य प्राप्त गर्न सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *