तीज अवसरमा स्थानीय उत्पादनको प्रदर्शनी

हेटौँडा, घरमै बसेर रोजगारी सृजना गरिरहेका महिलाहरूले उत्पादन गरेको सामग्रीको प्रदर्शन गरिएको छ । महिलाहरूको चाड हरितालिका तिजको सन्दर्भ पारेर दिगो आर्यआर्जनका लागि हेटौँडा उपमहानगरपालिकाको सहयोगमा काम गरिरहेका महिलाहरूले उत्पादन गरेको सामग्रीलाई तिजको पूर्वसन्ध्यामा प्रदर्शनीमा राखिएको हो ।

ADVERTISEMENT

हेटौँडा उपमहानगरपालिकाको सहयोगमा टोलबिकास सस्था नगर समन्वय समिति र जल्पादेवी महिला उद्यमी केन्द्रको आयोजनामा हेटौँडा रोयल पार्टी प्यालेसमा स्थानीय उत्पादनको प्रदर्शनी तथा व्यापार मेला सञ्चालन गरिएको हो ।

प्रदर्शनीको हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्‌घाटन गरेकी हुन् । प्रदर्शनीको उद्‌घाटन गर्दै नगर प्रमुख लामाले दिगो आर्यआर्जनमा जोडिएर अघि बढ्न सुझाब दिइन् । आर्थिक रुपमा कम्जोर बन्दा महिलाहरूमा समस्या हुने गरेको भन्दै घरमै रहेर आम्दानीको श्रोतको पहिचान गर्दै अघि बढ्न सुझाइन् । उनले महिलाहरूका लागि कुनैपनि दिगो आयआर्जनका काम गर्नका लागि समस्या भए उपमहानगरले सहयोग गर्ने बताइन् ।

आयआर्जनका लागि काम गरी रहेका १५ समुहले उत्पादन गरेको सामग्री २५ वटा स्टलमा प्रदर्शनीमा राखिएको थियो ।

जल्पादेवी महिला केन्द्रका अध्यक्ष गिता कडरीया मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँ, हेटौँडा १० का अध्यक्ष फुर्वा दोर्जे तामाङ, हेटौँडा १५ का अध्यक्ष सुनिल मोक्तान, नगर समन्वय समितिका अध्यक्ष ध्रुर्व अधिकारी लगायतको आतिथ्यता रहेको थियो । प्रदर्शनीमा नियमित काममा जोडिएका ४ सय जना महिला उद्यमीको सहभागिता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *