२ सय १ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया

हेटौंडा र मकवानपुरको बागमती गाउँपालिकाका २ सय १ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । गाउँपालिकाको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा २ हजार जनाको आँखा परिक्षण गरिएको हो । जसमध्ये मोतियबिन्दुको समस्या देखिएका २ सय १ जनाको अप्रेसन गरिएको गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए ।

उनका अनुसार गाउँपालिका परिसरमै आँखाको परिक्षण तथा शल्यक्रिया गरिएको हो । हेटौंडा सामुदायिक आँखा अस्पतालको मुख्य सहयोग तथा ड्रीम अन्धोपन परियोजना र तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा आँखा शिविर गरिएको अध्यक्ष घलानले बताए ।

मोतिबिन्दुका कारण अन्धोपना समेत हुन सक्ने जोखिमलाई मध्यनजर गरेर गाउँपालिकाले निःशुल्क अप्रेसन गरिदिएको गाउँपालिका अध्यक्ष घलानले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *