हेटौंडाका तीन ठाउँमा हिंसा बिरुद्ध सचेतना

हेटौंडा– महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत हेटौंडा उपमहानगरपालिकाको ३ वटा ठाउँमा प्रशिक्षण तथा सडक नाटक प्रदर्शन गरीएको छ ।

ADVERTISEMENT

हेटौंडा उपमहागरपालिकाले नगरको ३, १३ र १६ नम्बर वडामा चेतनामुलक प्रशिक्षण सहित सडक नाटक प्रदर्शन गरेको हो । कार्यक्रम अन्तरगत मंगलबार हेटौंडा ३ बसामाडिमा आयोजित लैङ्गिक हिंसा बिरुद्धको प्रशिक्षणमा अधिबक्ता मनप्रसाद भट्टराईले सहजिकरण गरेका थिए । उनले सहभागिलाई हिंसाको चक्रका बारे जानकारी गराएका थिए ।

हिंसाको चक्रमा किशोर अवस्था, यौवन अवस्था, गर्भ अवस्था र बृद्ध अवस्थामा बढि मात्रमा हुने गरेको जानकारी दिए । उनले अहिले अदालतको मुद्धाको आधारमा ४० कटेका पुरुषहरुवाट हिंसाका घटनाहरु हुने गरेको जानकारी गराए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले बालमैत्री स्थानिय शासन, हिंसाका क्रममा आवश्यक पर्ने सरकारी संयन्त्र, न्यायीक समितिका मेलमलिप कर्ताको भूमिका र समाजमा हुने घटनाहरुका बारे सहजिकरण गरेकी थिइन् ।

लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालवालिकामा लगानीको एक्यवद्धता भन्ने नाराका साथ हेटौंडा १३ बनस्पती र हेटौंडा १६ हटियामा कार्यक्रम सम्पन्न भैसकेको महिला तथा बालबालिका महाशाखाले जनाएको छ । प्रशिक्षणसँगै सञ्चालित नाटकमा बोक्सिको आरोपमा गरीने हिंसा, श्रीमानले मादक पदार्थ सेवन गरेर गर्ने कुटपिट, ललाई फकाई बाह्य मुलुक लगेर बेचबिखन गर्ने सहितका बिषय समेटिएको थियो ।

कार्यक्रम सञ्चालनको क्रममा नगरस्तरिय महिला जागरण समूह , मानव अघिकार संरक्षण तथा मानव बेचबिखन बिरुद्धको संजाल र राजदेवि महिला उहुुउद्देश्यीय सहकारी सस्थासँग समन्वय गरीएको थियो । तिन बडामा सञ्चालित कार्यक्रममा वडा अध्यक्ष सहित जनप्रथिनिधी र स्थानियको उल्लेखनिय सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya