हेटौंडा, मकवानपुर प्रहरीले लागूऔषध खैरोहिरोइन सहित ३ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका ४ सामरीका ३९ वर्षका सुबि गुरुङ, नवलपरासीको पश्चिम सुस्ता गाउँपालिका ३ घर भई हाल मकवानपुरगढी गाउँपालिका ५ स्थित चुन फ्याक्ट्रीमा कार्दै आएका ३४ वर्षका सुरजकुमार पाण्डे र हेटौंडा १ चौकीटोलका ३४ वर्षका नवराज भट्ट रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई हेटौंडा १ झोलुङ्गे पुल नजिकैको चिया पसलबाट यनीहरुलाई पक्रेको हो ।
प्लास्टिकमा स–सानो पुरिया बनाई प्याकिङ गरेर लिएर हिँड्न लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए । पक्राउ परेका तीनैजना माथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।






