मनहरी गाउँपालिका र अग्रज चेपाङ्गबीच अन्तरक्रिया


हेटौंडा, मनहरी गाउँपालिका र चेपाङ्ग समुदायका अग्रज व्यक्तित्वहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आदीवासी जनजाती समुह मकवानपुरको सहजीकरण र गाउँपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

ADVERTISEMENT

कार्यक्रम चेपाङ्ग समुदायका अगुवाहरुले विशेषगरी स्वास्थ्य र शिक्षामा प्राथमीकताका लागि आग्रह गरेका थिए । विकास निर्माणका कार्यहरुमा सो समुदायलाई समेट्नु पर्ने उनीहरुको माग थियो । साथै चेपाङ्ग जातीलाई रोजगारीको व्यवस्था गरी आत्मनिर्भर बनाउन पनि उनीहरुले अनुरोध गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित बागमती प्रदेसका पुर्र्व राज्यमन्त्रि सन्त बहादुर चेपाङ्गले आफ्नो कार्यकालमा चेपाङ्ग जातीका लागि उल्लेखनीय कार्य गरेको दावी गरे । हालसम्म १ अर्ब ६० करोँड लगानी गरी चेपाङ्ग समुदायको स्तरोन्नतीका कार्यक्रमहरु ल्याइएको उनको भनाई छ ।

ADVERTISEMENT

यता गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले चेपाङ्ग समुदाय लक्षित वजेट निर्माणका लागि सबैको सल्लाह अनुसार अघि बढ्ने उद्घोष गरे । सीमान्तकृत चेपाङ्ग समुदायको निशुल्क शिक्षा र स्वास्थ्यका लागि गाउँपालिकाले वजेट विनियोजन गरेको बताउँदै आवश्यकता अनुसार वडा कार्यालयको सीफारीस अनुसार सेवा लिन आग्रह गरे । कार्यक्रममा उपाध्यक्ष सीता पुलामी मगर, ४ नं वडाअध्यक्ष प्रकास थापा, १ नं वडाअध्यक्ष शिव खनाल र ३ नं वडाअध्यक्ष अनन्त प्रकाश अर्याल लगायतको उपस्थिती रहेको थियो । सामाजीक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालद्धारा सञ्चालीत कार्यक्रममा ४५ जना चेपाङ्ग समुदायका अग्रज व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya