हेटौँडा, मनहरी–३ हाँडिखोला स्थित जनहीत पुरुष उपभोक्ता समूहले आफ्नो स्थापना भएको २० वर्ष पूरा भएको अवसरमा हेटौँडा–११ डाङडुङेमा रहेको मामाघर नेपाल, मकवानपुरलाई विभिन्न सामग्री सहयोग गरेको छ।
समूहले २० थान ब्याग, खाद्यान्न, मञ्जन, सर्फ तथा तरकारी सहयोग प्रदान गर्नुका साथै सहभोज कार्यक्रम समेत आयोजना गरेको हो। समितिका अध्यक्ष अनिल पुंडासैनीका अनुसार विगतका वर्षहरूमा बनभोजमा खर्च हुँदै आएको रकम यस वर्ष सामाजिक संस्थालाई सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए।
सडक बालबालिकाको संरक्षण तथा व्यवस्थापनमा सक्रिय मामाघर नेपाल, मकवानपुर विगत डेढ दशकदेखि दान, चन्दा, उपहार तथा विभिन्न सहयोगका माध्यमबाट सञ्चालन हुँदै आएको सामाजिक संस्था हो।







