मकवानपुरका ६ जना १३ वटा सहकारी चोरीको आरोपमा पक्राउ

हेटौंडा, मकवानपुरको ६ जना १३ वटा सहकारी चोरीको आरोपमा पक्राउ परेका छन् । झापाको विभिन्न सहकारीबाट ३० लाख १६ हजार रूपैयाँ चोरी गरेको आरोपमा पक्राउ परेका हुन् ।

ADVERTISEMENT

पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ फाखेलका ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ का २८ वर्षीय अजय राना मगर रहेका छन् ।

उनीहरूले विभिन्न मितिमा १३ वटा सहकारीबाट ३० लाख १६ हजार ६८७ रुपैयाँ चोरी गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । उनीहरूलाई गएको शुक्रबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय र जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा इटहरीबाट पक्राउ गरेको हो ।

उनीहरूलाई दसीका सामानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूविरुद्ध आज जिल्ला अदालत झापाबाट चोरी कसुरमा पाँच दिनको समय लिएर अनुसन्धान थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya