पुस १३ गते हेटौंडामा मुख्यमन्त्रीहरुको भेला

हेटौंडा, संघीयता कार्यान्वयनका सन्दर्भमा संघ सरकारसँग छिनोफानो गर्न भन्दै हेटौंडामा सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक हुने भएको छ ।
आउँदो पुस १३ गते बागमती प्रदेशको राजधानी हेटौंडामा मुख्यमन्त्रीहरुको बैठक हुने भएको हो ।

ADVERTISEMENT

गत असार १५ र १६ गते पोखरामा भएको मुख्यमन्त्रीहरुको अन्तर प्रदेश बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको राष्ट्रिय समन्वय परिषदको बैठकमा भएका निर्णय कार्यान्वयनको समय गुज्रिन लाग्दा पनि संघले तदारुकता नदेखाएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।

संघीयता कार्यान्वयनका जटिलता फुकाउने भन्दै पोखरामा मुख्यमन्त्री पाण्डेको नेतृत्वमा भएको समन्वय परिषदको बैठकले मुख्य ६ वटा निर्णय गरेको थियो ।

विभिन्न समिति गठन गर्दै ६ महिनाभित्र संघीयताको गाँठो फुकाउने बैठकको निर्णय थियो । ६ महिनाको समयसीमा पुस १५ गते सकिँदै छ । त्यसको २ दिन अगाडि नै हेटौंडामा बैठक राखेर छिनोफानो गर्न लागेको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।

‘६ महिना पुग्दै गर्दा निर्णयलाई कार्यान्वयन गर्ने तहमा त्यति तदारुकताका साथ काम अघि बढिरहेको अवस्था हामीले बुझ्न सकेनौं,’ मुख्यमन्त्री पाण्डेले भने, ‘त्यसैले यही १३ गते हेटौंडामा मुख्यमन्त्रीहरुको भेला राखेका छौं ।’

Advertisement 5

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बागमतीका सचिव निश्चलराज पाण्डेले पनि मुख्यमन्त्रीहरुको बैठकको तयारी भइसकेको जानकारी दिए ।

संघ सरकारसँग संघीयता कार्यान्वयनका बारेमा छिनोफानो गर्ने मनस्थितिमा पुगेरै बैठक राखिएको बताए । प्रदेश विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मुख्यमन्त्री पाण्डेले अब यसरी नै अगाडि बढ्न नसक्ने बताएका हुन् । (स्रोतः अनलाइन खवर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *