हेटौंडा, साहित्य सङ्गम मकवानपुरको ३३४ औँ नियमित सन्ध्या कार्यक्रम शनिबार हेटौंडामा भएको छ । संस्थाकी अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमम साहित्य सङ्गम मकवानपुरका पूर्व अध्यक्ष तथा सल्लाहकार आर.सी. रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।
सन्ध्या कार्यक्रममा ५ जना नवसर्जक साहित्यकारले आ–आफ्नो रचना वाचन गरेका थिए । साहित्य सङ्गमले नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय, बालजागृति इङ्लिस सेकेण्डरी स्कूल, प्याव्सन मकवानपुुर, नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुर र पत्रकार केशव समर्पणलाई सम्मान गरेको छ । साहित्य सङ्गम मकवानपुरले आयोजना गरेको विभिन्न कार्यक्रममा सहयोग गर्ने संस्थालाई प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरेको हो ।
उक्त सम्मान नवोदय विद्यालयका निर्देशक दीपेश जोशी, प्याव्सन र बालजागृतिको सम्मान विनोद सुवेदी र नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सम्मान हरिवंश भेट्वालले ग्रहण गरेका थिए । सङ्गम मकवानपुरको १६ औँ अधिवेशनबाट नयाँ कार्य समिति चयन हुनेछ ।
मकवानपुरे साहित्यकारहरुको अग्रणी संस्था साहित्य सङ्गम मकवानपुरमा २ सय ४४ जना आवद्ध रहेका छन् । कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका पूर्व अध्यक्ष निमेष निखिल, प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीलगायतको आतिथ्यता रहेको थियो।






