मनहरी अध्यक्ष कप फुटबल : वडा नम्वर २ र ८ सेमिफाइनल प्रवेश

हेटौंडा, मनहरी गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा वडा नम्वर २ र ८ प्रवेश गरेको छ । सोमबार भएको पहिलो खेलमा वडा नम्वर २ विजयी भएको छ । वडा नम्वर ३ लाई ट्राइबेकरमा ५–४ को गोल अन्तरले पराजित गर्दै वडा नम्वर २ विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको हो ।

ADVERTISEMENT

निर्धारित समयमा दुवै टिमबाट कुनै पनि गोल नभएपछि खेल ट्राइबेकरमा धकेलिएको हो । यस्तै सोमबारै भएको दोस्रो खेलमा ८ नम्वर वडा विजयी भएको छ । ४ नं वडालाई १–० गोल अन्तरले पराजित गर्दै ८ नं वडा विजयी भएको हो । खेलको पहिलो हाफमै ८ नं . वडाका लागि रुपेस स्याङ्तानले गोल गरेका थिए । यो सँगै दुबै टिम सेमिफाईनलमा प्रवेश गरेको छ ।

आज सेमिफाइनलको पहिलो खेल वडा नं २ र वडा नं ६ बीच रहने छ भने दोस्रो खेल वडा नं ७ र वडा नं ८ बीच रहनेछ । मंसिर ३० गते देखि मनहरी–७ रमौली स्थित क्षेत्रीय मदन भण्डारी रंगशालामा सुरु भएको चौथो अध्यक्ष कप फुटबल प्रतियोगिताको समापन पुस ५ गते हुनेछ ।

ADVERTISEMENT

गाउँपालिकाको प्रायोजनमा भएको उक्त खेल खेलकुद विकास समितिले आयोजना गरेको हो । खेलमा प्रथम हुने टिमलाई नगद रु १ लाख र दोस्रो हुनेलाई नगद रु ५० हजार सहित दुबै टिमलाई शिल्ड , मेडल र प्रमाणपत्र सहित सम्मान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *