प्रतिफल सहकारीको अध्यक्षमा पुनः जोशी


हेटौंडा, प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः दिलिस गोविन्द जोशी सर्वसम्मत चयन भएका छन् । शनिबार हेटौंडामा भएको सहकारीको १० औं साधारणसभा तथा चौथो अधिवेशनबाट जोशीको अध्यक्षतामा नयाँ सञ्चाल समिति निर्माण भएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा निलम श्रेष्ठ, सचिवमा कमल गौतम, कोषाध्यक्ष यदुनाथ तिमिल्सिना तथा सदस्यहरुमा राजेश्वर दाहाल, समेन्द्र पौडेल, हरिगोपाल सापकोटा, हरि श्रेष्ठ र मेनुका पौडेल चयन भएका छन् ।

त्यसैगरी लेखा समितिको संयोजकमा गोकर्णप्रसाद बर्तौला तथा सदस्यद्वयमा रुपेश खतिवडा र अजिव भट्टराई चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button