पंगेनीको प्रश्तुतीमा दर्शकको भीड

हेटौंडा, हेटौंडामा सञ्चालन भैरहेको बृहत् खेलकुद तथा व्यापार महोत्सवमा बुधबार चर्चित लोक गायक बद्री पंगेनीले आफ्नो सांगीतिक प्रश्तुती दिएका छन् । उनको प्रश्तुतीमा दर्शकहरुको भीड लागेको थियो ।

ADVERTISEMENT

पंगेनीले रातो पछ्यौरी, जनताको शासन, ससुरालीमालगायत चर्चित गीतमार्फत मकवानपुरेलाई नचाएका थिए । महोत्सवमा उपस्थित दर्शकहरुले नाचेर साथ दिएका थिए । बुधबार खरेलसंगै गायक हेमन्त शर्मा, मीना गिरी, सम्झना लामिछाने, डोरबहादुर खपाङ्गी, राजेन्द्र गुन्द्रुके लगायतले आफ्नो प्रश्तुती दिएका थिए । बिहीबार चर्चित गायिका आस्था राउत, दुर्गा सापकोटा, गायक मदन विष्ट, सरोज लामिछाने, रविकुमार रिमाल र हाँस्य कलाकार दिनेश काफ्लेको प्रश्तुती रहने आयोजकले जानकारी दिएको छ ।

१७ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधामा खेल सञ्चालन भैरहेको
छ । महोत्सव आयोजक समितिका संयोजक मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीले महोत्सव सोचे अनुरुप सञ्चालन भैरहेको

जानकारी दिए । खेलकुद क्षेत्रको विकासका लागि आयोजित महोत्सवमा सबैको साथ, सहयोग प्राप्त भैरहेको बताए । महोत्सवमा करिब २६० वटा स्टल रहेको छ । महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटो मोबाइलका साथै बाल उद्दान रहेको छ । महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने करिब २५ लाख रुपैयाँ रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गर्ने आयोजकले लक्ष्य राखेको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *