हेटौंडा, बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकटे्टलले सोमबार हजुरलाई नमस्ते ट्रेड लिङ्क प्रा.लि. हेटौंडा शाखाको पसल उद्घाटन गरेका छन्। मुख्यमन्त्री जमकट्टेलसहित सोमबार मात्रै मन्त्री पदमा नियुक्त हुनुभएका प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, भौतिक पूर्वधार विकास मन्त्रालयका मन्त्री युवराज दुलाल पनि पसल उद्घाटनमा पुगेका थिए । बागमती प्रदेश सरकारका मन्त्री नै पसल उद्घाटनमा हिँड्नु झनै लजास्पद भएको स्थानीयले बताए ।
हजुरलाई नमस्ते ट्रेड लिङ्कका प्रबन्धक निर्देशक ताराबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकट्टेलले कार्यालय उद्घाटन गरेका हुन् । सोमबार मात्रै बागमती प्रदेशको मन्त्रीमा नियुक्त हुनुभएका बहादुर सिं लामालाई सम्मान गरेका छन् । चार जिल्लाका डिजर र ह्याप्पी मेकानिक्सलाई पनि सम्मान गरेको थियो ।
हजुरलाई नमस्ते ट्रेड लिङ्कका प्रबन्धक निर्देशक कुँवरेले मकवानपुरको व्यवसायीहरुको सुविधाको लागि ट्रेड लिड्ढको शाखा हेटौंडामा विस्तार गरेको बताए । नमस्ते ट्रेड लिड्ढले निर्माण र ह्याप्पी उपकरणको सामानहरु विक्रि वितरण गर्दै आइरहेको छ । नमस्ते ट्रेड लिङ्क जिपी र आइटीआर लुव्रिकेन्टको नेपालको लागि आधिकारीक विक्रेता पनि हो । कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका सचेतक रत्नप्रसाद ढकाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, हेटौंडा ११ नम्वर वडा अध्यक्ष जुना दहाल, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कडेँललगायतको आतिथ्यता रहेको थियो ।







