उत्कृष्ट खेलाडी रितेश श्रेष्ठको बीमा


हेटौंडा, हेटौंडामा भएको तेस्रो मेयर कप वडा स्तरीय फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडीको सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा गरिदिएको छ । पूर्व घोषित कार्य बमोजिम सानिमा कम्पनीले हेटौंडा १५ का रितेश श्रेष्ठको ५ बर्षे जीवन बीमा गरिदिएको हो ।

ADVERTISEMENT

जेठ १५ देखि २७ गतेसम्म हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालमा सञ्चालन भएको प्रतियोगितामा उनी उत्कृष्ट खेलाडी घोषित भएका थिए । प्रतियोगिता सञ्चालनको क्रममा कम्पनीले उत्कृष्ट खेलाडीको बीमा गरिदिने घोषणा गरे अनुसार मंगलबार बीमापत्र हस्तान्तरण गरेको हो । कम्पनी हेटौंडा शाखा प्रमुख अजय फुयाँलले बिमित रितेशको खेलकुद करियरका लागि हौसला मिलोस भन्ने उद्देश्यले ५ लाख बराबरको ५ बर्षिय टम लाइफ इन्स्योरेन्स गरिदिएको बताए । बीमाबाट रितेशले खेलका क्रममा हुने दुर्घटना वातप रकम पाउने छन् ।

उपमहानगरपालिकामा भएको बीमालेख हस्तान्तण कार्यक्रममा मेयर मीनाकुमारी लामाले सामाजिक भूमिकामा निजी क्षेत्र लाग्नु खुशीको कुरा भएको धारणा राखिन् । उपमहानगरपालिका खेलकुद सहित सबै क्षेत्रको विकासका लागि सदैव लागिरहने उनको भनाई थियो । बीमापत्र हस्तान्तरणमा हेटौंडा उपमहानगरपालिकाका मेयर लामासहित उपमहानगरपालिकाका प्रवक्ता हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपाने, नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही लगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya