हेटौंडा/काठमाडौंको तार्केश्वर नगरपालिका २ नेपालटार भेडीगोठमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा जिप चालक मकवानपुर घर भएका २६ वर्षीय सुनिल तामाङ रहेका छन् । उनको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा सोमबार दिउसो सवा १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
काभ्रेस्थलीबाट जरङखुतर्फ जाँदै गरेको बा २१ च ५१०६ नम्बरको जिप सोमबार बिहान १० बजे अचानक पल्टिएर बिपरित दिशाबाट आँउदै गरेको बा ५ ख २३५ नम्बरको बसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका जिपका परिचालक काभ्रेस्थलीका २४ वर्षीय बिकेश तामाङको सोहि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।








