सहकारीले उत्पादनमा जोड दिनुपर्छ : पौडेल

हेटौंडा, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले सहकारी संस्थाहरुले उत्पादनमुखी क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिनु भएको छ । हेटौडा–२ मा रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाको शनिवार भएको २३ औं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै पौडेलले सहकारी संस्थाहरु शेयर सदस्यप्रति जवाफदेहि हुनु पर्ने बताए ।

सहकारी संस्थाले अनुत्पादक क्षेत्रमा लगानी गरेका कारण प्रतिफल नआएको बताउदै शेयर सदस्यहरुको आर्थिक विकासमा ध्यान दिन आग्रह गर्दै वहाँले सहकारी मार्फत उतपादनमा जोड दिन आग्रह गरे । साधारणसभामा संस्थाका अध्यक्ष मिठाराम दाहालले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष केशव प्रसाद देवकोटाले आर्थिक प्रतिवेदन, लेखा संयोजक तेज प्रसाद रुपाखेतीले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभामा ज्येष्ठ शेयर सदस्य हिरादेवी दहाल, शेर बहादुर मिजार, नियमति तथा उत्कृष्ट बचतकर्ता विष्णुमाया लो, दिपक दियाली, उत्कृष्ट कारोवारी उर्मिला बस्याल, चुडामणी पराजुली, उत्कृष्ट ब्यवसायी भोजराज पराजुली, सक्रिय शेयर सदस्य टोम प्रसाद तिमल्सिना र उत्कृष्ट बाल बचतमा सुगन्सा धिताल र विषम धिताललाई पुरस्कृत गरिएको थियो । यसैगरि २०७९ सालको ईसईइ परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने अनुरा बलामी, भुषण दाहाल, आस्मा श्रेष्ठ, श्रृष दाहाल, समिप लामिछाने, सुदिन खतिवडा उच्च मावि तर्फ मोनिका देवकोटा, रोजन पोखरेल र उत्कृष्ट कर्मचारीमा कार्यालय सहायक रुपा चौलागाईलाई पुरस्कृत गरिएको थियो ।

संस्थाका अध्यक्ष दाहालको सभाध्यक्षमा सम्पन्न भएको भेलामा बागमती प्रदेश सांसद एवम सहकारीका उपाध्यक्ष एकालाल श्रेष्ठ, बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटा, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक सदस्य विदुर हुमागाई, हेटौडा उपमहानगरपालिका सहकारी विकास महाशाखा प्रमुख हिम प्रसाद पौडेल, राष्टिूय सहकारी बैंक हेटौडा शाखा प्रमुख रामेश्वर अर्याल, जिल्ला दुग्ध उतपादक सहकारी संघ, मकवानपुर अध्यक्ष हरि कँडेल, जिल्ला बचत तथा ऋण सहकारी संघ सचिव विरेन्द्रप्रसाद ढुङगाना, जिल्ला सहकारी संघका सदस्य नुर प्रसाद गौतम, संस्थाका सल्लाहकार बद्री प्रसाद लम्साल, सचिव रामजी सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।

शेयर पूँजी २ करोड ८२ लाख, निक्षेप २९ करोड ४९ लाख, ऋण लगानी २९ करोड ९३ लाख रहेको यस सहकारीमा २ हजार ६ सय २ जना शेयर सदस्यहरु रहेको ब्यवस्थापक बद्री भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button